सकियो ‘महजात्रा’
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानमा करिब एक महिनादेखि जारी ‘महजात्रा’ सकिएको छ । दश वर्षपछि ‘मह’ जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संयुक्त प्रस्तुति रहेको ‘महजात्रा’ निर्धारित समय भन्दा एक दिन अगाडि सोमबार साँझबाटै सकिएको हास्य कलाकार दिनेश काफ्लेले जानकारी दिए ।
१८ मङ्सिरसम्म चल्ने भनेर गत कार्त्तिक २२ बाट सुरु भएको ‘महजात्रा’ एकदिन अगाडि नै सकिएको हो । अब ‘महजात्रा’ उपत्यका बाहिरको केही स्थानमा आयोजना हुने काफ्लेले जानकारी दिए ।
मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम मह जोडीका अलावा किरण के.सी., राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायतका कलाकारको प्रस्तुति रहेको थियो ।
हास्य–व्यंग्यको माध्यमबाट समाजमा विद्यमान समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्ने उद्देश्य सहित आयोजना भएको ‘महजात्रा’को प्रस्तुतिमा नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना र सांस्कृतिक कुरीतिहरूलाई व्यङ्ग्य शैलीमा राखिएको थियो । मह जोडीको बिगतका कार्यक्रम भन्दा यसपटकको कार्यक्रम अलि फितलो रहेको दर्शकले प्रतिक्रिया दिएका थिए ।
कलाकार यमन श्रेष्ठको गीत, शैलेन्द्र सिम्खडाको स्ट्याण्डअप कमेडी रहेको कार्यक्रममा मह जोडीका अलावा किरण के.सी., राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, दिनेश काफ्ले, विभुषा बस्नेतलगायतका विभिन्न विषयमा प्रस्तुति रहेको थियो । कार्यक्रममा महाजोडीको २ प्रस्तुति संयुक्त रहेको थियो भने केही प्रस्तुति छुट्टाछुट्टै रहेको थियो ।
कार्यक्रममा महसंचारले सुश्री मिडिया प्रा.लिसँग सहकार्य आयोजना गरेको हो । कार्यक्रमको टिकट ब्यवस्थापन खल्ती एपले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन, तस्बिरहरू
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण