प्रहरीले ट्याल्कम पाउडरलाई कोकिन ठानेपछि...
ब्यूनस आयर्स । अर्जेन्टिनामा एक जना पुरुष आफूले गर्दै नगरेको गल्तीका लागि जेल परेका छन् । ट्याल्कम पाउडरको १८ वटा बट्टालाई प्रहरीले कोकिन ठानेपछि ती पुरुष २१ दिनसम्म जेलमा परे ।
यो घटना अक्टोबरको सुरुको हो । म्याक्सिमिलियानो आकोष्टा नाम गरेका ती पुरुष राजधानी ब्यूनस आयर्स जान भनेर मेन्दोजाबाट बस चढेका थिए । केही बेरपछि बस ला पाजमा नियमित चेकजाँचका लागि रोकियो ।
यात्रुहरूको झोला तुम्बा चेकजाँच गर्ने क्रममा अकोष्टाको झोलामा सेतो धुलो भएको १८ वटा बट्टा भेटियो । सेनाले उनीसँग सोधपुछ गर्न थाले । बट्टामा व्यक्तिगत प्रयोगका लागि ट्याल्कम पाउडर राखिएको छ भनेर उनले बारम्बार भन्दा पनि लागू औषध कोकिन बोकेको भन्दै सेनाले उनलाई समात्यो । त्यसपछि उनलाई हिरासतमा राखियो ।
अक्टोबर २ मा एउटा विज्ञप्तिमा भने सेनाले २ किलो ४४४ ग्रामको कोकिन फेला पारेको भनेर भनेको थियो । धुलोलाई ल्याबमा परीक्षणका लागि पठाइयो ।
अकोष्टाले बोकेको वस्तु कोकिन नभएर ट्याल्कम पाउडर भएको थाहा भयो । यसबिचमा उनले २१ दिन जेलमा बिताइसकेका थिए । आफूहरूले झुक्किएर अकोष्टालाई समातेको सेनाका एक प्रवक्ताले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण