पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । बिहीबार बस्ने नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले बतायो ।
यस्तै लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख समेत रहेका अमिक शेरचनलाई पनि माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई उपाध्यक्ष बनाउने यसअघि नै बचन दिइसकेका थिए। उनी कात्तिक २६ गतेदेखि नै नियमित बैठकमा सहभागी हुँदै आएका छन् । कांग्रेस–एमालेको पछिल्लो गठबन्धन बनेपछि प्रदेश प्रमुखबाट हटेका शेरचनलाई पनि उपाध्यक्ष बनाउने तयारी भएको स्रोतले रातोपाटीलाई बतायो ।
०७२ सालमा उपराष्ट्रपति बनेका पासाङ ०७९ सम्म पदमा कायम रहेका थिए । पुराना कम्युनिस्ट नेता शेरचन ०७८ सालमा लुम्बिनीको प्रदेश प्रमुख भएका थिए ।
‘विद्यार्थीको सम्मेलन स्थगित गर्ने, नन्दकिशोर पुन र अमिक शेरचनलाई उपाध्यक्ष बनाउने गरी पदाधिकारी बैठक बोलाइएको हो’, स्रोतले भन्यो ।
२२ जना पदाधिकारी रहेको माओवादीमा अहिले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरूमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल उपाध्यक्ष रहेका छन् । पदाधिकारी बैठक बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा बस्दै छ ।
पासाङ राजनीतिमा फर्किन लागेकोबारे रातोपाटीले पहिलो पटक समाचार सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण