नाउपाका सांसद चौधरीको मुद्दामा सुनुवाइ सकियो, निसु तोकियो
काठमाडौँ । नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी विरुद्ध दायर भएको रिटमा बहस सकिएको छ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा बुधवार बहस सकिएको र फैसलाका लागि निसु तोकिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए । रिटको सुनुवाइ सकिएर निसु तोकिएको तर मितिबारे जानकारी नभएको उनले बताए ।
अधिवक्ता वसन्त जोशीले दायर गरेको रिट हेर्दाहेर्दै रहेको थियो । यसमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको थियो । रिटमा सांसद चौधरीले निर्वाचनको समयमा आफूमाथि कुनै पनि फौजदारी अभियोग नभएको र कैद समेत नबसेको भनी उल्लेख गरेको तर पछि अपराध गरेको खुलासा भएकाले सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरिएको छ। उनी यही विवादमा २०७९ माघमा पुनः पक्राउ पनि परे । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरीलाई प्रहरीले जिल्ला अदालत कैलालीमा बुझाएपछि अदालतले कारागार चलान गरेको थियो ।
आगजनी मुद्दामा अदालतबाट दोषी ठहर भएर फरार रहेको फैसला कार्यान्वयन बाँकी रहेको देखिएपछि उनलाई बाँकेबाट पक्राउ गरिएको थियो । उनलाई ट्याक्टर आगजनीको मुद्दामा २०७० सालमा दोषी ठहर गरेको थियो । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाइँले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरुद्ध मुद्दा दायर गरेका थिए ।
ट्याक्टरमा आगजनी गरेको कसुरमा कैलाली जिल्ला अदालतले २०७० सालमै उनीलगायत ३ जनालाई बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो । कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र वीरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो । उनले अदालतको फैसला अनुसार सजाय भुक्तान नगरेको भन्दै अदालतले कारागार चलान गरेको हो । उनी २०७९ फागुन ७ गते राष्ट्रपतिबाट माफी पाउँदै रिहा भएका थिए ।
२०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तर उनीहरू फरार भएका थिए । उनी २०७९ वैशाखको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण