१६ अङ्कले घट्यो नेप्से, यो साता परिसूचकमा १४ अङ्कको गिरावट
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १५.९३ अङ्कले घटेको छ । घटेको बजारमा परिसूचक २७३४.९३ बिन्दुमा ओर्लिएको छ ।
यो सातामा समग्रमा परिसूचकमा १४ अङ्कको गिरावट देखिएको छ । अघिल्लो साता बजार बन्द हुँदा परिसूचक २७४८ बिन्दुमा थियो । यो आइतबार बजार १० अङ्कले घट्यो । सोमबार २० अङ्कले बढ्यो भने मंगलबार १८ अङ्कले उक्लियो । बुधबार र आज बिहीबार भने बजार घट्यो । हिजो बुधबार २५ अङ्कले घट्दै परिसूचक २७५० बिन्दुमा थियो ।
आज कारोबार भएकामध्ये ४० कम्पनीको मूल्य बढेको छ । २०१ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको स्थिर रह्यो । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज खानीखोला हाइड्रोपावर, सुपरमादी हाइड्रो र मानुषी लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
कारोबार रकमका हिसाबले आज नेपाल फाइनान्स कम्पनी शीर्ष नम्बरमा रह्यो । यसको ४२ करोड १९ लाख ३९ हजारको कारोबार भएको छ । बिहीबार व्यापार उपसमूहको सूचक ३.६७ प्रतिशतले बढ्यो । जीवन बिमा कम्पनीको ०.७९ प्रतिशतले बढ्दा अन्य सबै उपसमूहको सूचक भने घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण