दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पनि पक्राउ पुर्जी जारी
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पनि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँबाट उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको सीआईबीका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई मंसिर ४ मा पक्राउ गरेको थियो । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयलले दुर्गा प्रसाईंलाई भ्वाइस रेकर्ड पठाउने गरेको भेटिएको छ । उनको बयानको आधारमा प्रसाईं पनि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका हुन् ।
भारतबाट ह्वाट्स एप मार्फत धम्की दिएपछि सो कुराकानीको अडियो रेकर्ड उनले मेडिकल व्यवसायी प्रसाईंलाई पठाउने गरेको भेटिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘व्यवसायीलाई धम्की दिएको अडियो प्रसाईंलाई पठाएको भेटिएको छ ।’
झापाको चारआली घर भएका फुयललाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर काठमाडौँमा ल्याएर अनुसन्धान गरिरहेको छ । फुयलले भारतीय टेलिकम कम्पनी एयरटेलको दुई वटा सिम लिएर नेपालका व्यवसायीहरूलाई धम्की दिएका हुन् ।
उनले ५ घण्टादेखि २४ घण्टासम्मको अल्टिमेटम दिएर व्यवसायी र बैंकरहरुलाई धम्की दिँदै प्रसाईं नेतृत्वको नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भन्ने गरेका थिए । सो रेकर्ड उनले प्रसाईंलाई पठाउँथे । प्रहरीले अडियो बरामद गरेको छ । उनले आफूलाई भारतीय गुन्डा नाइके ‘विश्नोई ग्याङबाट हुँ’ भन्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण