राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता शनिबार
काठमाडौँ । नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघको आयोजनामा राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता सुर्य प्लाइको मुख्य प्रायोजनमा आगामी शनिबार काठमाडौँको ठमेलस्थित जीएए हलमा सञ्चालन हुनेछ ।
आयोजक नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघका अध्यक्ष सुकदेव कार्कीले उक्त प्रतियोगितामा देशभरका उत्कृष्ट ६३ जना खेलाडीको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा पुरुष खुला, महिला खुला र जुनियर गरी तीनवटा विधा समावेश गरिएको कार्कीले बताए ।
प्रतियोगितामा पुरुष खुला विधाअन्तर्गत ६२ केजीमुनि, ६२ दशमलव १ केजीदेखि ६९ केजीसम्म, ६९ दशमलव १ केजीदेखि ७७ केजीसम्म, ७७ दशमलव १ केजीदेखि ८५ केजीसम्म र ८५ केजीमाथि गरी पाँचवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, महिलातर्फ खुलामा ५८ केजी, ५८ दशमलव १ केजीदेखि ६४ केजीसम्म र ६४ केजीमाथि गरी तीनवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर विधाअन्तर्गत २१ वर्षमुनि उमेर समूहबिच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
पुरुष र महिला खुला तथा जुनियर विधामा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने खेलाडीले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताबाट स्ट्रोङ्गेस्ट पुरुष र महिला खेलाडी पनि घोषणा गरिने छ । उनीहरुलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण