दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध विरोध प्रदर्शन जारी, पूर्व सैनिकले खौरिए टाउको
बिहीबार, २० मङ्सिर २०८१, १६ : ५६
सोल । दक्षिण कोरियामा राष्ट्रपति युन सुक–योलविरुद्ध प्रदर्शन जारी छ । यहाँ पूर्व कोरियाली सैनिकले विरोधका रूपमा आफ्नो टाउको खौरिएका छन् । बिहीबार बिहान पूर्व सैनिकहरूले राष्ट्रपतिको कार्यालय अगाडि एउटा जुलुस निकालेका थिए ।
जुलुसको माग युनलाई सत्ताबाट हटाउनुपर्ने थियो । सोही विरोधमा एकजना पूर्व कोरियाली सेना र उनकी श्रीमतीले आफ्ना साथी प्रदर्शनकारीहरूको सामुन्ने आफ्नो टाउको खौरिएका थिए ।
दक्षिण कोरियामा विरोध देखाउन टाउको खौरिने चलन निकै पुरानो हो । सन् १९६० र ७० को दशकमा दक्षिण कोरियामा सैन्य तानाशाही भएको समयमा मानिसहरूले प्रशासनको विरोधमा प्रायः आफ्नो टाउको खौरिने गरेका थिए ।
पछिल्ला केही दशकहरूमा सामाजिक कार्यकर्ता र राजनीतिज्ञहरूले यसलाई विरोधको माध्यमको रूपमा अपनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण