क्रान्तिकारी कम्युनिस्ट पार्टीले ‘महासचिव मोडल’ अपनाउने
शनिबार, २२ मङ्सिर २०८१, १७ : २२

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले महासचिवको मोडल अपनाउने भएको छ । काठमाडौँमा जारी पार्टी महाधिवेशनले ’महासचिव मोडल’ लाई पारित गरेको हो ।
महासचिव प्रणालीमा पार्टी गएपनि कार्यालय, पोलिटब्युरो र स्थायी समिति यथावत् रहनेछ । यसमा बहुपदीय संरचना भने खारेज हुनेछ ।
महाधिवेशनमा सहभागी एक नेताका अनुसार केन्द्रीय समिति ९९ सदस्य बनाउनेमा लगभग सहमति बनिसकेको छ । ‘संस्थापन पक्ष, मसाल समूह र नेकपा मसल समूहसँग भागबण्डा मिलाउन प्रयास जारी रहेको छ,’ उनले भने ।
ती नेताका अनुसार ४०(संस्थापन)/४०(मसाल) र २०(बहुमत) प्रतिशत भागबन्डामा छलफल चलिरहेको छ । तर दिउँसो १ बजेसम्म भएको छलफलमा कुरा नमिलेपछि छलफल भोलिसम्म स्थगित भएको छ । ‘भागबन्डाका लागि अहिले कार्यदल बनाएर सहमतिको प्रयास जारी छ,’ ती नेताले भने ।
नयाँ कार्यसमिति भोलि चयन हुने तीन नेताको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध