क्रान्तिकारी कम्युनिस्ट पार्टीले ‘महासचिव मोडल’ अपनाउने
शनिबार, २२ मङ्सिर २०८१, १७ : २२
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले महासचिवको मोडल अपनाउने भएको छ । काठमाडौँमा जारी पार्टी महाधिवेशनले ’महासचिव मोडल’ लाई पारित गरेको हो ।
महासचिव प्रणालीमा पार्टी गएपनि कार्यालय, पोलिटब्युरो र स्थायी समिति यथावत् रहनेछ । यसमा बहुपदीय संरचना भने खारेज हुनेछ ।
महाधिवेशनमा सहभागी एक नेताका अनुसार केन्द्रीय समिति ९९ सदस्य बनाउनेमा लगभग सहमति बनिसकेको छ । ‘संस्थापन पक्ष, मसाल समूह र नेकपा मसल समूहसँग भागबण्डा मिलाउन प्रयास जारी रहेको छ,’ उनले भने ।
ती नेताका अनुसार ४०(संस्थापन)/४०(मसाल) र २०(बहुमत) प्रतिशत भागबन्डामा छलफल चलिरहेको छ । तर दिउँसो १ बजेसम्म भएको छलफलमा कुरा नमिलेपछि छलफल भोलिसम्म स्थगित भएको छ । ‘भागबन्डाका लागि अहिले कार्यदल बनाएर सहमतिको प्रयास जारी छ,’ ती नेताले भने ।
नयाँ कार्यसमिति भोलि चयन हुने तीन नेताको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण