छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
शनिबार, २२ मङ्सिर २०८१, १८ : ०२
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-११ जमुवाडस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
- यसैगरी नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१४ रक्सहवास्थित सडकमा ना.२ ह २४३४ नम्बरको अटो रिक्साबाट खसेर अटोमा सवार सोही नगरपालिका-१७ पटखौली बस्ने ५२ वर्षीय भोनु प्रसाद केवटको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- धनुषा, जनकपुर उपमहानगरपालिका-१९ थुमौनास्थित सडकमा ज.११ प ६८५६ नम्बरको मोटरसाइकल र स.८ प ३४७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बेलुकी दुर्घटना हुँदा स.८ प ३४७७ नम्बरको मोटरसाइकल चालक सबैला नगरपालिका-२ बस्ने ५५ वर्षीय नारायण प्रसाद साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स.८ प ३४७७ नम्बरको मोटरसाइकलमा सवार नारायण प्रसादको श्रीमतीको रामा अस्पताल जनकपुरमा उपचार भइरहेको छ । ज.११ प ६८५६ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सर्लाही, ईश्वरपुर नगरपालिका-१२ स्थित सडकमा हाल नम्बरको नखुलेको गाडीले ज.२ प ७९९२ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी औरही नगरपालिका-५ श्रीपुर बस्ने २३ वर्षीय दिलिप मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल लालबन्दी हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको त्रिदेव अस्पताल रानिगंजमा उपचार भइरहेको छ । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
- सुनसरी, ईनरूवा नगरपालिका-६ भोटेपुलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९३ वर्षीय अमर बहादुर अधिकारीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
- उदयपुर, त्रियुगा नगरपालिका-१० बोक्से आर्मी ब्यारेक अगाडि सडकमा बोक्सेबाट गाईघाटतर्फ जाँदै गरेको बा प्र-०१-००६ ख ५८७१ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-११ चपन बस्ने ५० वर्षीय परनशेर राईको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो । हाईसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ गुलरीस्थित सडकमा लु.२ ख २३१ नम्बरको बस, बा.१४ च ७४४८ नम्बरको कार र लु.३८ प ९१९९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा बा.१४ च ७४४८ नम्बरको कारमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कारका चालक वाणगंगा नगरपालिका-४ हरीहरपुर बस्ने ४५ वर्षीय ईन्द्र बहादुर सार्कीको जिल्ला अस्पताल तौलिहवामा र कारमा सवार प्युठान घर भएका ४३ वर्षीय निम बहादुर सारूको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार १ जनाको मेडिकल कलेज भैरहवामा र मोटरसाइकलमा सवार २ जनाको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- झापा, कन्काई नगरपालिका-८ लक्ष्मीपुर पूर्व बस स्टेनस्थित सडकमा बिर्तामोडबाट सुरूङ्गातर्फ जाँदै गरेको ना.४ च ४०८४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय गर्बसिंह राईको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- बारा, जितपुरसिमरा उपमहानगरपालिका-८ इमलिप्रतिस्थित आरएमसि मेटल कम्पनीभित्र प्र.२-००१ क१०४३ नम्बरको हाईड्रा (क्रेन)को ठक्करबाट सोही कम्पनीमा काम गर्ने सर्लाही घर भएका ५२ वर्षीय पर्शुराम चौधरीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो
-
स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे
-
शिक्षालाई १ नम्बरमा राखेर लगानी गर्न सरकार तयार : मन्त्री भट्टराई
-
यी हुन् हमासले दोस्रो चरणमा रिहा गर्न लागेका चार इजरायली बन्धक
-
दलित मुसहर परिवारमा शीतलहरको कहर
-
प्रहरीका २५ एसएसपीको पदस्थापन