संयन्त्रको निर्णय तत्काल कार्यान्वयन गर्न बागमती सरकारलाई निर्देशन
हेटौंडा । सत्ता साझेदार दल बागमती प्रदेशको संयन्त्रको निर्णय तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइएको छ । आइतबार बसेको सत्ता साझेदार कांग्रेस र एमालेको बैठकले संयन्त्रको निर्णय तत्काल कार्यान्वयन गर्न बागमती प्रदेश सरकारलाई निर्देशन दिएको हो ।
काठमाडौँमा बसेको बैठकले प्रदेश सरकारले गरेको निर्णयलाई यथाशीघ्र कार्यान्वयन गर्दै जनचाहना अनुरूप प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । गत असोज ११ देखि १३ गतेसम्म आएको बाढी पहिरोबाट प्रदेशभित्र क्षति संरचनाको पुनर्निर्माण र विस्थापितलाई पुनःस्थापनाको लागि आवश्यक बजेट व्यवस्था गर्ने संयन्त्रको निर्णय तत्काल कार्यान्वयन गर्न सरकालाई निर्देशन दिएको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले प्रदेशमा बाँकी रहेका राजनीतिक नियुक्तिहरू दुई दलको आपसी सहमतिमा टुंग्याउनु र समस्याग्रस्त सहकारीको पहिचान गरी कोही पनि सदस्य पीडित नहुने व्यवस्था गर्न निर्देशन दिएको सचिव नेपालले बताए । बैठकले स्थानीय तहको उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, पर्यवेक्षक, मतदातालगायतलाई प्रदेशस्तरीय दुई दलीय संयन्त्रले आभार प्रकट गरेको छ ।
बैठकमा कांग्रेसको तर्फबाट सभापति बानियाँ, मुख्यमन्त्री बहादुर सिंह लामा र उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट प्रदेश इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल र संसदीय दलका नेता जगन्नाथ थपलियाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण