जनप्रगतिशील मञ्च जापानद्वारा पोखरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
कास्की । नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा शनिवार पोखराको हेमजामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
शिविरमा ‘किरण गुरुङ मेडिकल’ र ‘आरसी हेल्थ क्लिनिक’को प्राविधिक सहयोगमा सुगर, मिर्गौला तथा महिलासँग सम्बन्धित विभिन्न रोगहरूको परीक्षण गरिएको थियो । सोही अवसरमा विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ ।
शिविरबाट विशेष गरी पोखरा–२५, हेमजा साथै छिमेकी गाउँपालिकाका गरी ३ सय भन्दा बढी नागरिकहरूले प्रत्यक्ष स्वास्थ्य लाभ लिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवक्ता एवम् वडा नम्बर २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले समय समयमा स्वास्थ्य परीक्षण नगर्दा जटिल दिर्ग रोग लाग्न सक्ने भन्दै नियमित स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २५ का वडा सदस्य कृष्ण बहादुर कुवर,समाजसेवी एवं तत्कालीन हेमजा गाविसका पूर्व अध्यक्ष रामचन्द त्रिपाठी, गौरीशंकर मावि व्यवस्थापन समितिका अध्यक्ष भोजराज पौडेल, प्रअ अम्बर बहादुर कुँवर, नेपाली कांग्रेस वडा नम्बर २५ हेमजाका सभापति मधुसूदन त्रिपाठी, नेकपा एमालेका वडा सभापति ऋषिराम पौडेल, नेकपा माओवादी केन्द्र हेमजाका अध्यक्ष माधव अधिकारी, गौरीशंकर आमा समूह अध्यक्ष उमा भुर्तेल पौडेल एवं अन्य विभिन्न युवा क्लब, महिला सञ्जाल, डा बाचपाती सुबेदीसहित आमा समुह, तथा अन्य पार्टीका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता जनप्रगतिशील मञ्चका अध्यक्ष मोहन पौडेलले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण