ला लिगामा रियाल सोसिडाडको पुनरागमन
सोमबार, २४ मङ्सिर २०८१, ०२ : ०१
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा हारबाट गुज्रिरहेको रियाल सोसिडाडले पुनरागमन गरेको छ । सोसिडाडले अवे मैदानमै ३-० को स्पष्ट जित निकाल्दै लिगमा सुखद पुनरागमन गरेको हो ।
यो सिजन सोसिडाडले ६ खेल गुमाइसकेको छ । लेगानेसको घरेलु मैदानमा आइतबार राती सोसिडाडलाई जिताउन ब्रिस मेन्डेज, मिकेल ओयारजाबल र एन्डर बारेनले एक-एक गोल गरे ।
फराकिलो जितले सोसिडाड अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । ला लिगाको अर्को खेलमा एथ्लेटिक क्लबले भियारियाललाई २-० ले हराउँदा ओसासुना र डेपोर्टिभो अलाभेसले २-२ बराबरी खेल्दै अंक बाँँडे । जितसँगै एथ्लेटिक क्लब चौथो स्थानमा उक्लिएको छ भने हारले भियारियाल एक स्थान तल झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण