यो वर्ष हिउँदमा कम वर्षा हुने सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ । विभागले मंसिर १६ देखि फागुन १६ सम्मको तीन महिनाको (हिउँद) अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने अनुमान गरेको हो ।
कोशी प्रदेशका दक्षिणी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका दक्षिणी भू–भाग, कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग, बागमती प्रदेश, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशका पश्चिमी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।
देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको विभागले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण