यो वर्ष हिउँदमा कम वर्षा हुने सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ । विभागले मंसिर १६ देखि फागुन १६ सम्मको तीन महिनाको (हिउँद) अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने अनुमान गरेको हो ।
कोशी प्रदेशका दक्षिणी भू–भाग र मधेश प्रदेशका पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेशका दक्षिणी भू–भाग, कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका पूर्वी तथा दक्षिणी भू–भाग, बागमती प्रदेश, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशका पश्चिमी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।
देशका बाँकी भू–भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको विभागले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिमानको ‘फेक पत्र’ ले उब्जायो आशङ्का, त्रुटि रोक्न सर्वोच्चले के गर्ने ?
-
मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी
-
पोखरा–मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै
-
बिजुलीको पोलमा कार ठोक्किएपछि...
-
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
गण्डकीको बजेट : बाँड्न मरिहत्ते, कमाउने छैन चासो