४ दिनमै पुष्पाले उठायो लगानी र अल्लु अर्जुनको पारिश्रमिक
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्म ‘पुष्पा २ः द रुल’को क्रेज दर्शकमाझ पहिलो दिन जस्तै छ । चौथो दिनमा पनि फिल्मको कमाई धेरै घटेको छैन ।
पहिलो दिन १६४ करोड २५ लाख भारु कमाएको फिल्मले चौथो दिन १४१ करोड ५० लाख भारु कमाएको छ । फिल्मले भारतमा मात्रै ४ दिनमा ५२९ करोड ४५ लाख भारु कलेक्सन गरेको छ । तेलुगुमा बनेको ‘पुष्पा २’ ले हिन्दीमा निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । चौथो दिन हिन्दी बेल्टमा फिल्मको कमाई ८५ करोड भारु थियो ।
फिल्मले हिन्दी बक्स अफिस कलेक्सनको कीर्तिमान तोडेको छ । कुनै पनि बलिउड फिल्मले एकै दिन ८५ करोड कमाउन सकेको छैनन् । स्याकनिल्कको रिपोर्टका अनुसार ‘पुष्पा २’ले आइतबार १४१ करोड ५० लाख भारु कमाएको छ । यसले हिन्दीमा ८५ करोड, तेलुगुमा ४४ करोड, तमिलमा साढे ९ करोड, मलायालममा १ करोड ९० लाख र कन्नडमा १ करोड १० लाख भारुको व्यापार गरेको छ । ४ दिनमा ग्लोबल बक्स अफिसमा फिल्मको कमाई ७ सय करोड भारु पुगेको छ । फिल्म छिट्टै एक हजार करोड क्लबमा पुग्ने अनुमान गरिएको छ ।
अल्लु अर्जुनको ुपुष्पा २ः द रुलु भारतमा अहिलेसम्मकै सबैभन्दा ठुलो विकेन्ड ओपनर बनेको छ फिल्मको कुल बजेट ४ सय करोड रहेको थियो । अल्लु अर्जुनले यस फिल्मका ३०० करोड भारु लिएको खबर आइरहेको छ । अर्थात् ४ दिनमै निर्माताहरूले फिल्मबाट अल्लु अर्जुनको पारिश्रमिक र बजेट दुवै फिल्मबाट उठाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण