दुई सातामा धरहरा चढ्नेको सङ्ख्या १५ हजार नाघ्यो, २७ लाख रुपैयाँ रकम सङ्कलन
सोमबार, २४ मङ्सिर २०८१, १४ : ५२
काठमाडौँ । दुई सातामा धरहरा चढ्नेको सङ्ख्या १५ हजार नाघेको छ । सो अवधिमा २७ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।
१५ हजार ५६२ जनाले धरहराको स–शुल्क टिकट लिएर धरहरा चढेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले बताए । यो सङ्ख्यामा धरहरा चढ्दा २७ लाख २४ हजार रुपैयाँ बराबर रकम सङ्कलन भएको उनको भनाइ छ ।
सरकारले मङ्सिर ९ गतेदेखि स–शुल्क धरहरा सञ्चालनमा ल्याएको छ । दैनिक एक हजार २५० को सङ्ख्यामा टिकट लिएर धरहरा चढ्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनल फेरि दोस्रो स्थानमा फर्कियो
-
अमेरिकी डलरको मूल्य घटयो, कस्तो छ अन्य विदेशी मुद्राको भाउ ?
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड