दुई सातामा धरहरा चढ्नेको सङ्ख्या १५ हजार नाघ्यो, २७ लाख रुपैयाँ रकम सङ्कलन
सोमबार, २४ मङ्सिर २०८१, १४ : ५२
काठमाडौँ । दुई सातामा धरहरा चढ्नेको सङ्ख्या १५ हजार नाघेको छ । सो अवधिमा २७ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ ।
१५ हजार ५६२ जनाले धरहराको स–शुल्क टिकट लिएर धरहरा चढेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले बताए । यो सङ्ख्यामा धरहरा चढ्दा २७ लाख २४ हजार रुपैयाँ बराबर रकम सङ्कलन भएको उनको भनाइ छ ।
सरकारले मङ्सिर ९ गतेदेखि स–शुल्क धरहरा सञ्चालनमा ल्याएको छ । दैनिक एक हजार २५० को सङ्ख्यामा टिकट लिएर धरहरा चढ्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण