‘सोल्टिनी’ निर्माण घोषणा, चलचित्रमा प्रकाश र परीक्षाको जोडी
सोमबार, २४ मङ्सिर २०८१, २० : २८
काठमाडौँ । चलचित्र ‘रङ्गेली’का निर्देशक अर्जुन सुवेदीले नयाँ फिल्म ‘सोल्टिनी’ घोषणा गरेका छन् । परिचयात्मक भिडियोमार्फत चलचित्रका विषयवस्तु र पात्र प्रस्तुत गर्दै निर्माण जानकारी दिइएको हो । भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचन छ ।
प्रकाश सपुत र परीक्षा लिम्बुको मुख्य भूमिका रहने चलचित्रमा सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्ने भनेका छन् । लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै छिन् । चलचित्रमा अपुरो प्रेमको गहिरो कथामा निर्माण हुन लागेको हो ।
प्लानेट थ्री फिल्मसको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको चलचित्र पुस १५ देखि फ्लोरमा निस्कनेछ । यतिबेला चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसपमा छन् ।
चलचित्रको रिलिज मिति २०८२ असोज ३ गते संविधान दिवस भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण