स्मिताको विवाहमा भारतीय प्रधानमन्त्रीको शुभकामना सन्देश
काठमाडौँ । गायिका स्मिता दाहालको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाएका छन् । आमा गंगा दाहालले फेसबुकमार्फत प्रधानमन्त्री मोदीको शुभकामना सन्देश सार्वजनिक गरेकी हुन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । शुभकामना सन्देशमा प्रधानमन्त्री मोदीले स्मिता र सायुज्यलाई जीवनभरको विश्वास र एकताको यात्रा सुरु गरेकोमा हार्दिक बधाई दिएका छन् ।
गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला ।’
पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डको दक्षिणी छिमेकी भारतसँगको सम्बन्ध राम्रो बनेको छ । आफ्नो प्रधानमन्त्रीकालमा प्रचण्डले भारतसँग विद्युत् व्यापारलगायत महत्त्वपूर्ण सम्झौता गरेका थिए ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानअघि प्रचण्डले त्यसलाई ‘चाइना कार्ड’ को संज्ञा दिएका थिए । यस विषयले राजनीतिक वृत्तमा तरङ्ग नै सिर्जना गरेको थियो ।
गंगा दाहालले सार्वजनिक गरेको पत्रले पनि प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबिचको सम्बन्ध सुमधुर रहेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता
-
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको नजिता सार्वजनिक
-
गण्डकी प्रदेशमा सुदिन पौडेललाई सुरुवाती अग्रता
-
१२ बजे, १२ समाचार : अखिल क्रान्तिकारीको चुनावमा लुम्बिनीबाट विजय प्रकाशलाई भारी मतदेखि उग्र बन्दै एनआरएनए विवादसम्म
-
आबुधावीस्थित नेपाली दूतावासमा विशेष काउन्टर राखेर राहदानी नवीकरण, शनिबार ५४८ जनाले लिए सेवा