स्मिताको विवाहमा भारतीय प्रधानमन्त्रीको शुभकामना सन्देश
काठमाडौँ । गायिका स्मिता दाहालको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाएका छन् । आमा गंगा दाहालले फेसबुकमार्फत प्रधानमन्त्री मोदीको शुभकामना सन्देश सार्वजनिक गरेकी हुन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । शुभकामना सन्देशमा प्रधानमन्त्री मोदीले स्मिता र सायुज्यलाई जीवनभरको विश्वास र एकताको यात्रा सुरु गरेकोमा हार्दिक बधाई दिएका छन् ।
गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला ।’

पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डको दक्षिणी छिमेकी भारतसँगको सम्बन्ध राम्रो बनेको छ । आफ्नो प्रधानमन्त्रीकालमा प्रचण्डले भारतसँग विद्युत् व्यापारलगायत महत्त्वपूर्ण सम्झौता गरेका थिए ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानअघि प्रचण्डले त्यसलाई ‘चाइना कार्ड’ को संज्ञा दिएका थिए । यस विषयले राजनीतिक वृत्तमा तरङ्ग नै सिर्जना गरेको थियो ।
गंगा दाहालले सार्वजनिक गरेको पत्रले पनि प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबिचको सम्बन्ध सुमधुर रहेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण