अनलाइन ठगी अभियोगमा तीन जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला झापा बिर्तामोड नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–४ महाराजगञ्ज चप्पलकारखाना वस्ने २१ वर्षीय अजित भण्डारी, गोरखा सिरानचोक गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने १९ वर्षीय बिपीन मक्राती तथा नुवाकोट म्यागङ गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीय मधु तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने- “सामाजिक सञ्जाल फेसबुकमा विभिन्न पेजहरू खोली फेसबुकको मार्केटप्लेसमा आइफोन सेट सस्तो मूल्यमा बिक्रीमा रहेको भन्ने झुठ्ठा विज्ञापन पोष्ट गरी निवेदकलाई एड्भान्स वापतको रकम पठाउन लगाइ ठगी गर्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउ परेकालाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँको ठाउँ जग्गा दिने सरकारी नीतिसँग झस्किए राष्ट्रपति !
-
किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता
-
गाजामा युद्धविराम गर्ने सम्झौतालाई अन्तिम रुप दिन कतारमा फेरि वार्ता
-
भारतका चार जना स्रष्टालाई नइ पुरस्कार दिने घोषणा
-
विश्वकपअघि ट्रफीसँग फोटोसुट
-
‘जुन गतिमा सरकारले काम गर्न सक्नुपर्थ्यो, त्यो अनुसार गरेको छैन’