भारत : राज्यसभाका अध्यक्षविरुद्ध विपक्षी दलले ल्याए अविश्वासको प्रस्ताव
नयाँ दिल्ली । राज्यसभाका अध्यक्ष जगदीप धनखडविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याएका छन् । विपक्षी सांसदहरूले धनखडविरुद्ध राज्यसभा महासचिव पीसी मोदीलाई अविश्वास प्रस्तावको सूचना दिएका छन्।
यो सूचनामा कांग्रेस, टीएमसी, आप, एसपी, डीएमके, सीपीआई, सीपीआई-एम र आरजेडी लगायत दलका ६० सांसदको हस्ताक्षर छ। विपक्षीले धनखडले पक्षपातपूर्ण रुपमा सदन चलाएको आरोप लगाएका छन् ।
कांग्रेस नेता र राज्यसभा सांसद जयराम रमेशले एक पोस्टमा यसलाई ल्याउनुको विकल्प नभएको बताएका छन्। उनले भने, ‘यो इन्डिया गठबन्धन दलहरूका लागि निकै पीडादायी निर्णय हो, तर संसदीय लोकतन्त्रको हितमा यो अभूतपूर्व कदम चाल्नुपर्छ। यो प्रस्ताव भर्खरै राज्यसभाका महासचिवलाई बुझाइएको छ।’
यसैबिच मंगलबार ११ बजे दुवै सदनको कार्यवाही सुरु भएको थियो । तर, लोकसभामा हङ्गामाका कारण सदन पहिले १२ बजेसम्मका लागि स्थगित गरिएको थियो । १२ बजे बैठक सुरु भए पनि अदानी–जर्ज सोरोसको विवादलाई लिएर सभामुखले बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए । हङ्गामाका कारण राज्यसभाको कार्यवाही पनि बुधबारसम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण