बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा पौडेल नियुक्त
हेटौडा । बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् । मंगलबार बसको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चितवन राप्ती नगरपालिका–७ का पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
बैठकले बागमती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीलाई विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीको सदस्यमा मनोनीत गर्न सहमति प्रदान गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
त्यसैगरी बैठकले कारागार कार्यालयमा लघु उद्यम कार्यक्रम सञ्चालनका लागि बजेट अख्तियारी दिने निर्णय गरेको उनले बताए । उनका अनुसार बैठकले संघीय सरकारअन्तर्गत रहेका निकायका लागि चालु आर्थिक वर्षको बजेट किताबमा भएका योजना कार्यान्वयनका लागि सहमति लिने निर्णय गरेको छ ।
बैठकले चालूतर्फको बजेट खर्चमा २० प्रतिशत रकम खर्च कटौती गर्ने निर्णय गरेको छ । विपतको समयमा अर्थ विविध शिर्षकको बजेट अपुग भएकाले सबै मन्त्रालयको चालू खर्च कटौती गर्ने निर्णय गरिएको मन्त्री लामिछानेले बताए ।
बैठकले अपांगता भएका व्यक्तिहरूको सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ भने प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा लैजाने सैद्धान्तिक सहमति प्रदान गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण