बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा पौडेल नियुक्त

हेटौडा । बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त भएका छन् । मंगलबार बसको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चितवन राप्ती नगरपालिका–७ का पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
बैठकले बागमती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीलाई विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीको सदस्यमा मनोनीत गर्न सहमति प्रदान गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
त्यसैगरी बैठकले कारागार कार्यालयमा लघु उद्यम कार्यक्रम सञ्चालनका लागि बजेट अख्तियारी दिने निर्णय गरेको उनले बताए । उनका अनुसार बैठकले संघीय सरकारअन्तर्गत रहेका निकायका लागि चालु आर्थिक वर्षको बजेट किताबमा भएका योजना कार्यान्वयनका लागि सहमति लिने निर्णय गरेको छ ।
बैठकले चालूतर्फको बजेट खर्चमा २० प्रतिशत रकम खर्च कटौती गर्ने निर्णय गरेको छ । विपतको समयमा अर्थ विविध शिर्षकको बजेट अपुग भएकाले सबै मन्त्रालयको चालू खर्च कटौती गर्ने निर्णय गरिएको मन्त्री लामिछानेले बताए ।
बैठकले अपांगता भएका व्यक्तिहरूको सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ भने प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा लैजाने सैद्धान्तिक सहमति प्रदान गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
-
पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन (तस्बिरहरु)
-
आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : नेता कोइराला
-
वसन्त ऋतुमा बैजनी बहार, तस्बिरहरू