सुदीप भूपालले बनाए ‘श्री बुकुरो : द होम कलिङ’
काठमाडौँ । सुदीप भूपाल सिंहको निर्देशनमा फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ निर्माण भएको छ । निर्माण युनिटले छायाङ्कन पुरा गरेर सम्पादनमा गएपछि फिल्म निर्माण भएको जानकारी दिएको हो । फिल्मको प्रदर्शन तिमि जुर्न बाँकी रहेको छ । फिल्मको टिजर र प्रदर्शन मिति यस साता घोषणा गरिने निर्देशक सिंहले बताए ।
रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ । ।
ग्रामीण परिवेशको कथामा बनेको फिल्मको निर्माण युिनिटले एक स्केच पोस्टर सार्वजनिक गरेको छ । बुकुरोको अर्थ झुप्रो घर भन्ने हुन्छ । फिल्मले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको बताइन्छ ।
निर्देशक सिंहले ७ वर्षपछि निर्देशनमा कमव्याक गरेका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।
निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको फिल्मलाई सञ्जय लामा र राजेश श्रेष्ठले छायाङ्कन गरेका हुन् । मुस्ताङ, बागलुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँमा गरी ५७ दिनसम्म छायाङ्कन भएको फिल्ममा रञ्जीत गजमेरको सङ्गीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण