‘माग्ने राजा’ बन्दै केदार घिमिरे
काठमाडौंँ । निर्देशक ऋषि लामिछानेले केही अघि घोषणा गरिएको फिल्मको नाम ‘माग्ने राजा’ राखिएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको नाम जानकारी दिएको हो ।
अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ को मुख्य भूमिका रहने फिल्म मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन् । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता भएपछि सार्वजनिक गरिएको हो । फिल्मको लेखन समीप्यराज तिमल्सिनाले गरेका छन् ।
आगामी फागुन १ गतेबाट छायाङ्कनको तयारी गरिएको ‘माग्ने राजा’ कमेडी कथावस्तुमा बन्न लागेको हो । आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा केदार बाहेक अन्य कलाकार छनौटको क्रममा छन् । यो फिल्मबाट निर्देशक लामिछानेले आठ वर्षपछि कमब्याक गर्न लागेका हुन् । पछिल्लोपटक उनले सन् २०१६ मा प्रदर्शन भएको ‘किस्मत २’ निर्देशन गरेका थिए ।
हुन त ‘माग्ने राजा’ नामबाट केही अगाडि दीपक दीपाले फिल्म बनाउने तयारी गरेका थिए । तर अहिले यो नाम दीपक दीपाको हातबाट फुत्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण