सन् २०३४ को विश्वकप फुटबल साउदी अरबमा हुने तय
काठमाडौँ । साउदी अरबमा विश्व फुटबलको महाकुम्भ हुने तय भएको छ । फिफाले २०३० र २०३४ फिफा विश्वकप आयोजकको घोषणा गरेको हो । फिफाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने जिम्मा साउदी अरबलाई दिएको छ । यसबाहेक २०३० फिफा विश्वकपको पनि घोषणा गरिएको छ ।
सन् २०३० को विश्वकपको आयोजना संयुक्त रूपमा स्पेन, पोर्चुगल र मोरक्कोलाई दिइएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यो घोषणा गरेका हुन् । कतारमा मात्र २ वर्षअघि अर्थात् २०२२ मा फुटबल विश्वकप आयोजना भएको थियो ।
फेरि यो प्रतियोगिता अरब देशमा हुन लागेको हो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो । फिफा विश्वकप २०२२ को फाइनलमा अर्जेन्टिना र फ्रान्सबिच ३–३ गोलको बराबरी भएको थियो ।
त्यसपछि पेनाल्टी सुटआउट भयो, जसमा अर्जेन्टिना ४–२ ले विजयी भयो । अर्जेन्टिनाले इतिहासमै तेस्रो पटक विश्वकप जितेको थियो ।
आगामी ३ फिफा विश्वकप यसरी हुने भएको छ :
२०२६ विश्व कप : यो प्रतियोगिता संयुक्त रूपमा अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछ ।
२०३० विश्व कप : यो संयुक्त रूपमा स्पेन, पोर्चुगल र मोरक्कोद्वारा आयोजित हुनेछ । विश्वकपको १ सय वर्ष पूरा भएको अवसरमा तीन खेल अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा खेलाइनेछ ।
२०३४ विश्वकपः यो विश्वकप साउदी अरबले आयोजना गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण