रेमन नायक बन्दा नेपाल प्रिमियर लिगको पहिलो सुपर ओभरमा पोखरा विजयी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलिएको पहिलो सुपर ओभरमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । २० औँ खेलमा जितका लागि १९ रन पछ्याएको विराटनगरले ५ रन मात्र बनायो ।
पोखराका लागि बलिङ गर्न आएका रेमन रिफर खेलमा नायक बने । उनको बलिङमा मार्टिन गप्टिल र निकोलस किर्तनले २-२ रन मात्र बनाउन सके ।
यसअघि, सुपर ओभरमा विराटनगरका लागि कप्तान सन्दीप लामिछाने पहिले बलिङ गर्न आएका थिए । उनको पहिलो दुई बलमा पोखराका रेमन रिफरले दुई छक्का प्रहार गरे भने चौथो बलमा चौका हिर्काएका थिए । पोखराले सुपर ओभरमा १८ रन जोडेको थियो ।
निर्धारित ओभरको खेल भने बराबरीमा टुंगिएको थियो । १ सय ४० लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रन बनायो ।
खेलको अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएकोमा रेमन रिफरले दुई छक्का र एक रन लिँदै स्कोर बराबर गरे । उनले २३ बलमा ३४ रन जोडे ।
पोखरालाई आन्द्रियस गाउसले राम्रो सुरुवात दिलाएका थिए । उनले २७ बलमा ७ चौका प्रहार गरे । यसअघि फर्ममा नरहेका कप्तान कुशल भुर्तेलले पनि ३१ रनको महत्त्वपूर्ण योगदान दिए । उनले ३४ बलमा २ चौका र एक छक्का हिर्काए ।
ओपनर दिनेश खरेलले ११ बलमा ११ रन जोडे । उनले एक छक्का प्रहार गरे । माइकल लिस्कले पनि १२ बलमा ११ रन नै जोडे ।
विराटनगरका लागि प्रतिश जिसीले ४ ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए । क्रिस सोलले ४ ओभरमा ३० रन खर्चेर २ विकेट विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । विराटनगरका लागि स्कट एडवर्डसले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३५ बलमा ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले तीव्र गतिमा रन बनाउँदै १६ बलमा २६ रन जोडे । उनले २ चौका र २ छक्का हिर्काए ।
त्यस्तै, बसिर अहमदले २० बलमा २१ रन बनाए । उनले एक छक्का प्रहार गरे । निकोलस किर्तनले १६ बलमा १९ रन बनाए । उनले एक छक्का प्रहार गरे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
पोखराका लागि सगर ढकालले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर २ विकेट लिए । रेमन रिफरले पनि ४ ओभरमा ३३ रन खर्चेर २ विकेट हात पारे । कुशल भुर्तेल र दिनेश खरेलले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण