चितवनले भित्र्यायो यूएईका अलराउन्डर हमिदलाई
बिहीबार, २७ मङ्सिर २०८१, १६ : ५३
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइजी क्लब चितवन राइनोजले यूएईका अलराउन्डर बसिल हमिदलाई बाँकीका खेलहरूका लागि भित्र्याएको छ । ३२ वर्षीय खेलाडी मिडल अर्डर दायाँ हाते ब्याटर हुन् भने उनले अफब्रेक बलिङ गर्छन् ।
उनले ६१ टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा ७८२ रन बनाएका छन् । उनको उच्च स्कोर ५१ रहेको छ । उनले दुई अर्धशतक हिर्काएका छन् । उनले कूल ३८ विकेट लिएका छन् । उनको बलिङ औसत ६.९९ रहेको छ भने उनको सबैभन्दा राम्रो प्रदर्शन २५ रन खर्चेर ४ विकेट लिएका छन् ।
‘म नेपाल पहिले पनि आएको छु र यहाँको वातावरणसँग परिचित छु । म एनपीएलमा चितवन राइनोजसँग आबद्ध हुन र टोलीका लागि योगदान दिन उत्साहित छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण