डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्न रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्न माग गरेको छ ।
बिहीबार रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै उत्कृष्टलाई छान्ने पद्धतिको विकल्प नरहेको बताएका हुन् । विश्वविद्यालयमा दलीय राजनीति स्वीकार्य नरहेको उनले उल्लेख गरे ।
उनले भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरूको नियुक्ति योग्यता र क्षमताको आधारमा गर्ने नयाँ कार्यविधि लागू गरी छनोट प्रक्रिया सुरु गर्दा केही आशा पलाएका थिए तर अहिले जसरी अवरोध सिर्जना गरी पुनः कार्यकर्ता मार्फत केही दलहरूले आफ्नो अभीष्ट पुरा गर्ने प्रयास गर्दैछन्, हामी यसको घोर भर्त्सना गर्दछौँ । हामी राजनीतिक हस्तक्षेपमा आधारित नियुक्तिहरू नगर्न, नगराउन प्रतिबद्ध छौँ र योग्यताको कदर हुने प्रणालीको पक्षमा निरन्तर लड्ने छौँ । अहिले त्रिभुवन विश्वविद्यालयले स्थापित गर्न खोजेको उत्कृष्टताको अभ्यासलाई संस्थागत गर्ने प्रयासमा हाम्रो पूर्ण समर्थन रहनेछ । सरकार र सत्तारुढ दलबाट नै
उत्कृष्टताको पद्धतिलाई निरुत्साहित गर्ने हर्कतप्रति हाम्रो सदैव आपत्ति रहनेछ ।’
नेपालको शैक्षिक क्षेत्रमा दलीय राजनीतिकरण विरुद्ध एकजुट भई योगदान दिन रास्वपाले आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण