लुम्बिनीलाई हराउँदै प्लेअफको नजिक कर्णाली
काठमाडौँ । नेपाल प्रिमियर लिगको २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले ३५ बलमा ४ चौका र १ छक्का हिर्काए । सन्दीप जोराले २१ बलमा २४ रन जोडे । उनले २ छक्का प्रहार गरे ।
ओपनर अशुतोष घिरैयाले २१ बलमा १६ रन बनाए । उनले २ चौका प्रहार गरे । अर्का ओपनर अर्जुन साउदले ६ बलमा १३ रन जोडे । उनले ३ चौका हिर्काए ।
कप्तान रोहित पौडेल ८ बलमा १० रन बनाएर पभेलियन फर्किए । उनले २ चौका प्रहार गरे । साद बिन जाफर ११ बलमा १६ रन बनाएर रन आउट भए ।
कर्णालीका लागि जिसान मक्सुदले २ विकेट लिए । ३ ओभरमा उनले मात्र १२ रन खर्चिए । सोमपाल कामी, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । टोलीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रनको योगदान दिए । मात्र ३० बलमा उनले ३ चौका र ३ छक्का हिर्काए । अर्जुन घर्तीले २५ रन बनाए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । दुवैले मिलेर ७२ रनको साझेदारी गरे ।
ओपनर बाबर हायातले २२ बलमा २० रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, चाडविक वाल्टनले १५ बलमा १३ रन जोडे ।
लुम्बिनी लायन्सका लागि विकास अग्रीले ३ विकेट हात पारे । दुई ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । तीनै विकेट उनले अन्तिम ओभरमा लिएका थिए । तिलक भण्डारीले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिए ।
साद बिन जाफरले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा मात्र ६ रन खर्चेर १ विकेट हात पारे । रेमन सिमन्ड्सले पनि १ विकेट लिए ।
लुम्बिनी लायन्सको भने यसअघि नै प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । टोलीले आफ्ना ७ खेलमा १ खेल मात्र जित्न सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण