१२ कक्षामा अध्ययनरत छात्रा गौशालामा मृत फेला
सुसाइड नोटमा लेखिन्, ‘मलाई मर्न दिनुस्’
शुक्रबार, २८ मङ्सिर २०८१, १५ : २३
काठमाडौँ । काठमाडौँको गौशालास्थित राममन्दिर नजिकै जंगलमा एकजना छात्रा मृत फेला परेकी छन् । तिनकुनेस्थित पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत मनिषा मिजर मृत अवस्थामा भेटिएकी हुन् ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । शखरापुर नगरपालिका–५ घर भएर परिवारसँग शान्तिनतगर बस्ने २० वर्षीया मिजारको शवसँगै फेला परेको ‘ओस्ताज’ नामक विषादीको बट्टा प्रहरीले बरामद गरेको छ ।
आइतबार उनी हराएको भन्दै परिवारले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए । घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।
सुसाइड नोटमा उनले लेखेकी छन्, ‘बाँच्न मन छैन, सवैतिर म असफल भएँ ।’ एक पेज लामो नोटमा थप लेखिएको छ, ‘कसैले जीवित देखे बचाउन तिर नलाग्नुस्, मलाई मर्न दिनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण