१२ कक्षामा अध्ययनरत छात्रा गौशालामा मृत फेला
सुसाइड नोटमा लेखिन्, ‘मलाई मर्न दिनुस्’
शुक्रबार, २८ मङ्सिर २०८१, १५ : २३

काठमाडौँ । काठमाडौँको गौशालास्थित राममन्दिर नजिकै जंगलमा एकजना छात्रा मृत फेला परेकी छन् । तिनकुनेस्थित पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत मनिषा मिजर मृत अवस्थामा भेटिएकी हुन् ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । शखरापुर नगरपालिका–५ घर भएर परिवारसँग शान्तिनतगर बस्ने २० वर्षीया मिजारको शवसँगै फेला परेको ‘ओस्ताज’ नामक विषादीको बट्टा प्रहरीले बरामद गरेको छ ।
आइतबार उनी हराएको भन्दै परिवारले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए । घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।
सुसाइड नोटमा उनले लेखेकी छन्, ‘बाँच्न मन छैन, सवैतिर म असफल भएँ ।’ एक पेज लामो नोटमा थप लेखिएको छ, ‘कसैले जीवित देखे बचाउन तिर नलाग्नुस्, मलाई मर्न दिनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेका छैनौँ : नेविसंघ
-
बागमती प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
-
मधेस प्रदेश : कुन मन्त्रालयले कति पाए बजेट ?
-
कारागारभित्र अबोध बालबालिका
-
नेसपा (नयाँ शक्ति) को केन्द्रीय बैठकबाट ११ बुँदे राजनीतिक प्रस्ताव पारित
-
बेलायतको ओपन कन्सर्टमा अन्जु पन्त र खेम सेन्चुरीले नचाए दर्शक