च्याम्पियन्सिप फुटबलमा डर्बीको फराकिलो जित
शनिबार, २९ मङ्सिर २०८१, ०४ : ४८
काठमाडौं । च्याम्पियन्सिप फुटबलमा डर्बी काउन्टीले फराकिलो जित निकालेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा डर्बीले पोट्र्समथविरुद्ध ४–० को जित निकालेको हो ।
डबीलाई फराकिलो जित दिलाउन विल्सन, क्याशिन, एडम्स र प्याकले एक-एक गोल गरे । अन्तिम समयतिर पाहुना टोलीले बलमा नियन्त्रण जमाए पनि गोल गर्न भने सकेन ।
यो जितसँगै डर्बीले २१ खेलबाट २४ अंक बटुल्दै घटुवा हुनबाट सुरक्षित बनाएको छ । बढुवाको प्लेअफ पुग्न भने कठिनाई छ । पोट्र्समथ भने झण्डै रलिगेशन जोनभन्दा एक स्थान माथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण