च्याम्पियन्सिप फुटबलमा डर्बीको फराकिलो जित
शनिबार, २९ मङ्सिर २०८१, ०४ : ४८
काठमाडौं । च्याम्पियन्सिप फुटबलमा डर्बी काउन्टीले फराकिलो जित निकालेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा डर्बीले पोट्र्समथविरुद्ध ४–० को जित निकालेको हो ।
डबीलाई फराकिलो जित दिलाउन विल्सन, क्याशिन, एडम्स र प्याकले एक-एक गोल गरे । अन्तिम समयतिर पाहुना टोलीले बलमा नियन्त्रण जमाए पनि गोल गर्न भने सकेन ।
यो जितसँगै डर्बीले २१ खेलबाट २४ अंक बटुल्दै घटुवा हुनबाट सुरक्षित बनाएको छ । बढुवाको प्लेअफ पुग्न भने कठिनाई छ । पोट्र्समथ भने झण्डै रलिगेशन जोनभन्दा एक स्थान माथि छ ।