सहज जितसँगै काठमाडौँको आशा कायमै, पोखराको समाप्त
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्समाथि सहज जित हासिल गर्दै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदानमा भएको खेल काठमाडौँले ६ विकेटले जितेको हो ।
१ सय ३९ रनको लक्ष्य काठमाडौँले ३५ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि स्टेफन इसकनाजीले अर्धशतकीय पारी खेले । उनले ३४ बलमा सर्वाधिक ६० रनको योगदान दिए । उनले १० चौका प्रहार गरे ।
_EmLHuDG9Zx.jpg)
उनले माइकल लेभिटसँग मिलेर टोलीलाई राम्रो सुरुवात दिलाए । उनीहरुले ५.३ ओभरमा ५८ रनको साझेदारी गरे । लेभिट १८ बलमा ३२ रन जोड्दै पभेलियन फर्किएका थिए । उनले ६ चौका र १ छक्का हिर्काए ।
_skxz9icN06.jpg)
भीम सार्की २० बलमा २२ रन बनाएर आउट भए । उनले १ चौका र १ छक्का प्रहार गरे । जेरहार्ड इरास्मसले १० बलमा २५ रन जोड्दै टोलीलाई विजय लक्ष्यसम्म डोर्याए । उनले १ चौका र ३ छक्का प्रहार गरे ।
पोखराका लागि विपिन खत्रीले ३ विकेट लिए । माइकल लिस्कले एक विकेट हात पारे ।
_fz6TjtH8Mu.jpg)
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो । टोलीका लागि ओपनर दिनेश खरेलले ३८ रनको योगदान दिए । उनले २५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । उनले छैटौँ ओभरमा रसिद खानको बलिङमा लगातार चार चौका प्रहार गरेका थिए । तर, अन्तिम बलमा उनले आउट हुन पुगे ।
_gbENP3i2jT.jpg)
पोखराको सुरुवात भने राम्रो हुन सकेन । टोलीका लागि सर्वाधिक रन बनाएका आन्द्रियस गाउस दोस्रो ओभरमा शून्य रन बनाएर आउट भए । त्यसपछि खरेलले पावरप्लेमा टोलीलाई राहत दिए । तर, उनले आउट भएलगत्तै कप्तान कुशल भुर्तेल पनि ७ रन बनाएर पभेलियन फर्किए ।
कुशल आउट भएपछि पोखराले नियमितरुपमा विकेट गुमाउँदै गायो । दीलिप नाथले २४ बलमा २७ रन बनाए । उनले २ छक्का प्रहार गरे । अन्त्यतिर, रेमन रिफरले तीव्र गतिमा रन बनाउँदै सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३० बलमा १ चौका र ३ छक्का हिर्काए ।
_MRi6Neob3N.jpg)
काठमाडौँका लागि कप्तान करन केसी र रसिद खानले ३–३ विकेट लिए । केसीले ४ ओभर बलिङ गर्दै मात्र २४ रन खर्चिए । प्रतियोगितामा उनको विकेट संख्या ११ पुगेको छ । जेरहार्ड इरास्मस र माइकल लेभिटले १–१ विकेट लिए ।
जितपछि काठमाडौँको ६ खेलबाट ६ अंक भएको छ । ठुलो अन्तरको जितका कारण टोलीलाई नेट रन रेटमा फाइदा भएको छ । ६ खेलबाट ४ अंक बटुलेको पोखराको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026