कप्तान कुशलको विस्फोटक ब्याटिङ, चितवनद्वारा १ सय ८१ रनका लक्ष्य प्रस्तुत
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान कुशल मल्लको धुँवादार ब्याटिङको मद्दतले चितवन राइनोजले जनकपुर बोल्ट्सामु जितका लागि १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो ।
मल्लले सर्वाधिक ७२ रनको योगदान दिए । मात्र ४१ बलमा उनले ३ चौका र ७ छक्का हिर्काए । जारी प्रतियोगितामा उनको यो उच्च स्कोर पनि हो । उनले यसअघि पहिलो खेलमा पोखराविरुद्ध सबैभन्दा धेरै ३८ रन बनाएका थिए । उनले हालसम्म प्रतियोगितामा २ सय २ रन बनाएका छन् ।
_XnSvHCPINw.jpg)
रवि बोपारा तेस्रो अर्धशतक बनाउनबाट चुके । उनले ३२ बलमा ४४ रन जोडे । बोपाराले यसअघि पहिलो खेलमा पोखरा र दोस्रो खेलमा कर्णालीविरुद्ध अर्धशतक बनाएका थिए । उनले टोलीका लागि प्रतियोगितामा २ सय ३३ रनको योगदान दिएका छन् ।
ओपनर हसन इसाखिलले १९ बलमा २८ रन जोड्दै टोलीलाई राम्रो सुरुवात दिए । उनले एक छक्का हिर्काए । त्यस्तै, सन्तोष कार्कीले १२ बलमा १४ रन बनाए ।
_2EjEQaIPdg.jpg)
जनकपुरका लागि ललित राजवंशीले किफायती बलिङ गर्दै २ विकेट लिए । ४ ओभरमा उनले २ मेडन राख्दै मात्र ११ रन खर्चिए । प्रतियोगितामा राजवंशीको विकेट संख्या १३ पुगेको छ । जेम्स निसम, मोहम्मद मोहसिन र हर्ष ठाकेरले १–१ विकेट लिए ।
जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । यो जनकपुरको सातौँ तथा अन्तिम खेल हो । टोलीले यसअघिका ६ खेलमध्ये ५ खेल जित्दै १० अङ्क बटुलेको छ । आजको खेल जित्दै जनकपुर शीर्ष स्थानमा दाबेदारी कायम राख्न चाहन्छ ।
_f3nRvxbslo.jpg)
यता, चितवनले ६ खेलबाट ३ खेलमा जित र तीन खेलमा हार बेहोर्दै ६ अङ्क बटुलेको छ । आजको खेल जित्दै टोली प्लेअफको सम्भावना कायम राख्न चाहन्छ । तर, टोलीले लय गुमाएको छ । पछिल्ला दुई खेलमा टोली पराजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण