बाढीपहिरोबाट पीडित ४२ प्रतिशत बीमितले पाए भुक्तानी
काठमाडौँ । असोज दोस्रो साताको बाढी पहिरोबाट पीडित ४० प्रतिशत बीमितले भुक्तानी पाएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म १५१४ जनाले भुक्तानी पाएका हुन् । अहिलेसम्म ३५४९ जनाले बीमा मागदाबी गरेका थिए । अहिलेसम्म भुक्तानी पाएका बीमितको सङ्ख्या ४२.६६ प्रतिशत हो ।
हालसम्म बाढी पहिरोबाट भएको क्षतिमा बीमितले १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको मागदाबी गरेका छन् । त्यसमध्ये १ अर्ब १९ करोड रुपैयाँ भुक्तानी भएको छ । यो ९.६३ प्रतिशत बराबर हो ।
सङ्ख्याको आधारमा हालसम्म कृषि बीमा गर्नेले सबैभन्दा धेरै भुक्तानी पाएका छन् । यो अवधिसम्म कृषि बीमाका १३६ जनाले मागदाबी गरेकोमा ११६ जनाले भुक्तानी पाइसकेका छन् । यो शीर्षकमा एक करोड ४ लाखको मागदाबी भएकोमा ७२ लाख ६१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।
सङ्ख्याको आधारमा सबैभन्दा धेरै सम्पत्ति बीमामा ६५१ जनाले भुक्तानी पाएका छन् । यस अन्तर्गत १७२५ जनाको मागदाबी परेको थियो । यस्तै मोटर बीमामा ८९४ जनाको मागदाबी परेकोमा ४६५ जनाले भुक्तानी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको मूल्य घटयो, कस्तो छ अन्य विदेशी मुद्राको भाउ ?
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो