बाढीपहिरोबाट पीडित ४२ प्रतिशत बीमितले पाए भुक्तानी
काठमाडौँ । असोज दोस्रो साताको बाढी पहिरोबाट पीडित ४० प्रतिशत बीमितले भुक्तानी पाएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म १५१४ जनाले भुक्तानी पाएका हुन् । अहिलेसम्म ३५४९ जनाले बीमा मागदाबी गरेका थिए । अहिलेसम्म भुक्तानी पाएका बीमितको सङ्ख्या ४२.६६ प्रतिशत हो ।
हालसम्म बाढी पहिरोबाट भएको क्षतिमा बीमितले १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको मागदाबी गरेका छन् । त्यसमध्ये १ अर्ब १९ करोड रुपैयाँ भुक्तानी भएको छ । यो ९.६३ प्रतिशत बराबर हो ।
सङ्ख्याको आधारमा हालसम्म कृषि बीमा गर्नेले सबैभन्दा धेरै भुक्तानी पाएका छन् । यो अवधिसम्म कृषि बीमाका १३६ जनाले मागदाबी गरेकोमा ११६ जनाले भुक्तानी पाइसकेका छन् । यो शीर्षकमा एक करोड ४ लाखको मागदाबी भएकोमा ७२ लाख ६१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।
सङ्ख्याको आधारमा सबैभन्दा धेरै सम्पत्ति बीमामा ६५१ जनाले भुक्तानी पाएका छन् । यस अन्तर्गत १७२५ जनाको मागदाबी परेको थियो । यस्तै मोटर बीमामा ८९४ जनाको मागदाबी परेकोमा ४६५ जनाले भुक्तानी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण