सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
उधौली पर्व तथा योमरी पुन्हिका अवसरमा दिएको शुभकामना सन्देशमा उनले विविधताभित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताए ।
किरात समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायको पर्व योमरी पुन्हिका अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवर्द्धन र प्रकृति प्रेमको प्रतीकका रूपमा यी चाडपर्व रहेको उल्लेख गरेका छन् ।
कृषि प्रणालीमा आधारित उधौली पर्व प्रकृतिपूजक किरात समुदायले अन्नबाली पाकेपछि इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई श्रद्धापूर्वक स्मरण गर्दै विशेष रूपमा मनाउने गर्दछन् । यस पर्वमा किरात समुदायले आफ्नो संस्कृति झल्काउने पोशाक लगाउने, मौलिक संस्कृतिमा आधारित बाजागाजासहित गीत गाउँदै, नाच्दै रमाइलो गर्ने अध्यक्ष दाहालले स्पष्ट पारेका छन्
उधौली पर्वजस्तै नेवार समुदायको विशेष पर्व योमरी पुन्हि पनि कृषि प्रणालीसँग सम्बन्धित रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पीठोको विशेष परिकार खाने, धनसम्पत्ति, वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासका साथ यो पर्व मनाउने चलन रहेको बताए ।
“हाम्रो देश नेपाललाई संविधानमा बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त राष्ट्रका रूपमा परिभाषित गरिएको छ । हरेक नागरिकलाई आफ्नो आस्था र समुदायअनुसार चाडपर्व मनाउन, आस्थाअनुसार धर्म मान्न पाउने अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ”, शुभकामना सन्देशमा अध्यक्ष दाहालले भनेका छन् ।
हाम्रो राष्ट्रियताभित्र विविध जातजाति, धर्म र सम्प्रदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वले हाम्रो विविधतालाई प्रतिविम्बित गरेको उल्लेख गर्दै उनले अलगअलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण