सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि राजमार्ग अवरुद्ध
आइतबार, ३० मङ्सिर २०८१, १४ : १६
काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित कुर्थौलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेका छन् । मङ्सिर २८ मा साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएका ७ वर्षीय आयुष माझीको उपचारको क्रममा मृत्यु भएको हो ।
घटनापछि मृतकका आफन्त र परिवारले मदन भण्डारी राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर बाबुराम कार्कीले रातोपाटीलाई बताए । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको मोटरसाइकलको नम्बर खुलेको छैन ।
काठमाडौँको केएमसीमा मृत्यु भएपछि परिवारले बालकको शव दुधौलीतर्फ लिएर गएका छन् । मोटरसाइकल नम्बर र चालकको पहिचान खुलाउने प्रयास भइरहेको इन्स्पेक्टर कार्कीले जानकारी दिए । स्थानीयले मदन भण्डारी राजमाार्ग र धनसरी सडक खण्डमा प्रदर्शन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण