नेपाल पत्रकार महासंघ
नेपाल पत्रकार महासंघको महासचिवमा दाहाल निर्वाचित
आइतबार, ३० मङ्सिर २०८१, २२ : ४९

काठमाडौ । नेपाल पत्रकार महासंघको महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । उनी निकटम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेलाई पराजित गर्दै महासंघको महासचिवमा निर्वाचित भएका हुन् ।
रातोपाटी डटकमका सम्पादक समेत रहेका दाहालले ४ हजार ८४ मत प्राप्त गरे भने न्यौपानेले १ हजार ९२९ मत प्राप्त गरको निर्वाचन समितिका संयोजक चिरञ्जिवी खनालले आइतबार राति जानकारी दिए ।
यसैगरी सोही पदमा उम्मेदवार जन्मदेव जैशीले १ हजार १५८ मत प्राप्त गर्दा प्रकाश थापाले ४८८ मत प्राप्त गरे । महासंघको अध्यक्षमा भने निर्मला शर्मा विजयी भएकी छन् । पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको ब्रान्च सामाखुसीमा
-
मोक्षदाले जेम्स स्कुललाई सजिलै हरायो
-
बढ्याे नेप्से परिसूचक
-
मल नदिएर सरकारले किसानमाथि अन्याय गर्यो : साह
-
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति
-
स्पार्क एड्भेञ्चरमा दुई दर्जन बढी सेलिब्रेटीको सहभागीता रहने