हिमाली र पहाडी क्षेत्रका जडीबुटी खाएर हुर्किएका भैँसीको मासु गुणस्तरीय हुन्छ : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालका हिमाली र पहाडी क्षेत्रका जडीबुटी खाएर हुर्किएका भैँसीको मासु उच्च गुणस्तरीय हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको भ्रमणका क्रममा नेपालबाट प्रशोधित राँगा भैँसीको मासु निर्यात सम्बन्धी सम्झौता भएको र सोही सम्झौता बमोजिमको बृहत् परियोजना कार्यान्वयन घोषणा कार्यक्रममा बोल्दै उनले सो गुणस्तरलाई कायम राख्न भैँसी पालनमा नयाँ प्रविधिको प्रयोग र प्रवर्धन गर्नुपर्ने बताएका हुन् ।
मन्त्री अधिकारीले भने, ‘नेपालका गाउँहरूमा सुदृढ सडक संरचना र बाटोघाटोको विकासले गर्दा, अब उत्पादन भएका मासुहरू बजारमा सजिलै ल्याउन सकिन्छ र यसले निर्यातको अवसरलाई अझ बढवा दिनेछ ।’
उनले नेपाल मासु र दुधमा आत्मनिर्भर भएको र अहिले दुग्धजन्य पदार्थ र दूध निर्यात गरिरहेको जिकिर गरे । यसबाट रोजगारका अवसर पनि सृजना भएको र ग्रामीण क्षेत्रमा आर्थिक समृद्धि ल्याउने अवसर सिर्जना भएको उनले बताए ।
नेपाल सरकारले पशुपालन र दुध उत्पादनमा उच्च गुणस्तर कायम गर्न निरन्तर काम भइरहेको मन्त्री अधिकारीले जोड दिए । उनले चीनमा मासुको विभिन्न परिकारलाई स्थानीय जनताले रुचाउने भएकाले तीव्र रूपमा मासु निर्यात गर्ने योजना बनाइरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनल दौडमा
-
युरोप अब ओरालो लागेको अमेरिकाको पछि लाग्नु हुँदैन
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
-
आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती