हिमाली र पहाडी क्षेत्रका जडीबुटी खाएर हुर्किएका भैँसीको मासु गुणस्तरीय हुन्छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालका हिमाली र पहाडी क्षेत्रका जडीबुटी खाएर हुर्किएका भैँसीको मासु उच्च गुणस्तरीय हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको भ्रमणका क्रममा नेपालबाट प्रशोधित राँगा भैँसीको मासु निर्यात सम्बन्धी सम्झौता भएको र सोही सम्झौता बमोजिमको बृहत् परियोजना कार्यान्वयन घोषणा कार्यक्रममा बोल्दै उनले सो गुणस्तरलाई कायम राख्न भैँसी पालनमा नयाँ प्रविधिको प्रयोग र प्रवर्धन गर्नुपर्ने बताएका हुन् ।
मन्त्री अधिकारीले भने, ‘नेपालका गाउँहरूमा सुदृढ सडक संरचना र बाटोघाटोको विकासले गर्दा, अब उत्पादन भएका मासुहरू बजारमा सजिलै ल्याउन सकिन्छ र यसले निर्यातको अवसरलाई अझ बढवा दिनेछ ।’
उनले नेपाल मासु र दुधमा आत्मनिर्भर भएको र अहिले दुग्धजन्य पदार्थ र दूध निर्यात गरिरहेको जिकिर गरे । यसबाट रोजगारका अवसर पनि सृजना भएको र ग्रामीण क्षेत्रमा आर्थिक समृद्धि ल्याउने अवसर सिर्जना भएको उनले बताए ।
नेपाल सरकारले पशुपालन र दुध उत्पादनमा उच्च गुणस्तर कायम गर्न निरन्तर काम भइरहेको मन्त्री अधिकारीले जोड दिए । उनले चीनमा मासुको विभिन्न परिकारलाई स्थानीय जनताले रुचाउने भएकाले तीव्र रूपमा मासु निर्यात गर्ने योजना बनाइरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण