आगलागीमा परेर एक जनाको मृत्यु
मङ्गलबार, ०२ पुस २०८१, १३ : ३७
इलाम । इलाममा भएको आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका-४ मंगलबारे बस्ने ४३ वर्षीय दीपक भन्ने तिलविक्रम शिवा रहेका छन् ।
माई नगरपालिका-२ रातेखाडी बस्ने ठकबहादुर लिम्बुको घर नजिकै रहेको उनकै परालको कुन्युमा सोमबार राति आगलागी भएको थियो । आगलागीमा जलेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता, विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको छ ।
- मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित रिद्धी सिद्धी सिमेन्ट उद्योगमा रहेको कोइला गोदाममा सोमबार बेलुकी आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
- सल्यान, कालिमाटी गाउँपालिका-४ खारखोला बस्ने ४२ वर्षीय देव बहादुर रूचालको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
- डोटी, जोरायल गाउँपालिका-२ बस्ती बस्ने ४० वर्षीय नयाराम पल्ली मगरको घर नजिकै रहेको कच्ची चिया पसलमा विद्युत् सर्ट भई सोमबार साँझ आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब २ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण