ओस्कारको दौडबाट बाहिरियो ‘लापता लेडिज’
नयाँ दिल्ली । बलिउड फिल्म ‘लापता लेडिज’ ओस्कार अवार्डको दौडबाट बाहिरिएको छ । अभिनेता आमिर खानको प्रोडक्शनमा बनेको यो फिल्म ९७ औं ओस्कार अवार्ड २०२५ को दौडबाट बाहिरिएको हो । एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेजले बुधवार बिहान यस्तो घोषणा गरेको हो ।
लापता लेडिज यस वर्ष भारतमा सबैभन्दा बढी मन पराइएको फिल्म मध्ये एक थियो । फिल्म अवार्डको अन्तिम १५ को सूचिमा पनि परेन । फिल्म ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा भारतको आधिकारिक मनोनयन थियो ।
‘लपता लेडिज’लाई विदेशी विधामा अवार्डका लागि पठाइएको थियो । सेप्टेम्बर २३ मा भारतीय फिल्म महासंघले फिल्मलाई ओस्कारमा पठाउने घोषणा गरेको थियो । ओस्कार अवार्डका लागि मनोनयनमा परेका फिल्महरूको घोषणा जनवरी १७ मा गरिनेछ । मार्च २ मा ओस्कार अवार्ड समारोह पनि हुनेछ । यही कार्यक्रममा विजेताको घोषणा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण