जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छ: गृहमन्त्री
रुपन्देही । गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । बुधबार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानुनसम्मत रूपले गर्ने बताए ।
उनले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताए । उनले शान्ति सुरक्षासँग जोडिने प्रहरी सङ्गठनलाई दुरुपयोग गर्न नहुने बताए । प्रहरी सङ्गठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रूपले प्रयोग गर्न नहुने उनको भनाइ छ ।
अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको बताए । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भई कारागार पठाइएको बताए ।
गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनैपनि मानव अधिकारको उल्लङ्घन नभएको बताए । लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लङ्घन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लङ्घन नहुने हो भन्दै उनले प्रश्न गरे ।
गृहमन्त्री लेखकले गितेन्द्रबाबु राई (जीवी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताए । उनले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताए ।
गृहमन्त्री लेखकले संघ प्रहरीको कानुन नयाँ बनाउने काम भइरहेको बताए । सशस्त्र प्रहरी ऐन पनि नयाँ बनाउने गरी सरकार अघि बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण