संविधान पालना गर्नु सबैको दायित्व हो : प्रदेश प्रमुख देवकोटा
हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विगतमा विकास गर्ने निकाय वर्तमानमा समन्वयको भूमिकामा रहेको बताएका छन् । उक्त भूमिकालाई न्यायोचित रुपमा अघि बढाउन उनले आग्रह गरे ।
जिल्ला समन्वय समिति मकवानपुरको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले संविधान सम्बद्ध हुन जरुरी रहेको उनको भनाई छ । संविधान पालना गर्नु सबैको दायित्व रहेको उनले बताए ।
जिल्ला समन्वय समितिले समन्वयात्मक भूमिकामा रहेर चुस्त, दुरुस्त कार्यसम्पादन यहाँहरूको गाइड लाइन रहेको बताए । बोलेर नभइ गरेर देखाउनुपर्ने उनले बताए ।
‘नेपालको संविधान २०७२ को धारा २२० ले निर्दिष्ट गरे अनुसार समन्वय समितिको गठनको व्यवस्था छ । उक्त संरचनाले समन्यात्मक भूमिका निर्वाह गर्नुपर्नेछ’ उनले भने, ‘हामीले बोलेर होइन गरेर देखाउनुपर्छ । किनकि मानिस सुन्न होइन ? देख्न चाहान्छ । जटिल परिस्थितिमा अनुकूलता खोज्न कुनै दल र स्वार्थ बिना मकवानपुरको माटो र जनचाहानालाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण