मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
मुम्बई । मुम्बईको समुद्री तट नजिक बुधबार एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ। बीबीसी मराठीका अनुसार स्थानीय समयअनुसार साँझ ५ः१५ बजे नीलकमल नामको डुङ्गा गेटवे अफ इन्डिया क्षेत्रबाट एलिफन्टा टापुतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।
यसैबिच नीलकमलको डुङ्गा अर्को डुङ्गासँग ठोक्किएर पल्टिएको थियो । जानकारी अनुसार यो डुङ्गामा करिब ८० जना सवार थिए । दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेको थियो । भारतीय नौसेना, कोस्ट गार्ड, प्रहरी र स्थानीय मछुवाहरू उद्धार कार्यमा जुटेका छन् ।
यस दुर्घटनाबारे मुख्यमन्त्री देवेन्द्र फडणवीसले भनेका छन्, ‘हामीले डुङ्गा दुर्घटनाको खबर पायौँ। त्यसपछि तत्कालै नौसेना, तटरक्षक, बन्दरगाह र प्रहरीको टोली सहयोगका लागि पठाइएको छ। हामी प्रहरी र स्थानीय प्रशासनसँग सम्पर्कमा छौँ। सौभाग्यवश, धेरैजसोको उद्धार गरिएको छ। यद्यपि उद्धार कार्य जारी छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण