वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
काठमाडौं । सरोकारवालाले वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड दिएका छन् । नेपालको वनक्षेत्रबाट लिन सकिने लाभ, यसमा यसमा आधारित उद्यम व्यवसाय र समग्र मूल्य शृंखलाबारे भएको अन्तरक्रियामा सरोकारवालाले यस्तो बताएका हुन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले वन क्षेत्रले ठूलो जनसंख्यालाई आधारभूत सेवा उपलब्ध गराउने भएकाले ग्रामीण जीवनयापनलाई दिगो बनाउन यसको महत्वबारे समेत चर्चा गरेका थिए । कार्यक्रममा एन्स्याबका नायब कार्यकारी निर्देशक घिमिरेले वन क्षेत्रबाट बहुआयामिक लाभ लिन सकिने भए पनि उद्यम, व्यवसाय लगायत आर्थिक दृष्टिकोणले धेरै उपयोग गर्न नसकिएको धारणा राखे ।
अर्का वक्ता हिमवन्ती नेपालका महासचिव श्रेष्ठले महिलाहरू वन क्षेत्रमा आधारित ससाना उद्यम व्यवसायमा लाग्ने क्रम बढेको बताइन् । यद्यपि वन क्षेत्रबाट उद्यम व्यवसाय आपूर्तिमा महिलाहरू अगाडि रहे पनि उत्पादित वस्तुको विक्रीवितरण र मूल्य सृंजनामा भने अझै पछाडि रहेको उनले औंल्याइन्।
वन मन्त्रालयका सहसचिव पुडासैनीले समुदायमा आधारित वनक्षेत्रलाई अंगीकार गरिसकेपछि वन संरक्षण संस्थागत भएको र अहिले यसलाई आर्थिक उत्थान तथा समृद्धिसँग जोडेर लैजान विभिन्न काम भइरहेको बताए । सरकारले वनबाट हासिल गर्न सकिने समृद्धिका पाँच स्तम्भ छनोट गरेको, जसमा काष्ठजन्य उद्योग, गैरकाष्ठजन्य उद्योग, वन्यजन्तुको व्यवसाय, कार्बन व्यापार र प्रकृतिमा आधारित पर्यापर्यटन रहेको उनले जानकारी दिए ।
यसबाट लक्षित लाभ हासिल गर्न उद्योग मन्त्रालय लगायत निकायसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण