पदीय आचरण र मर्यादामा रहन संसद् कर्मचारीलाई निर्देशन
काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारी प्रशासन शाखाले पद अनुसार आचरण र मर्यादा पालन गर्न भन्दै कर्मचारीलाई निर्देशन जारी गरेको छ । पछिल्लो समय सचिवालयमा कार्यरत केही कर्मचारीहरू जानकारीबिना कार्यालयमा अनुपस्थित हुने, हाजिर गरेर कार्यालयमा पूरा समय नबस्ने, तोकिएको पोसाक नलगाउने, अनुशासन र आज्ञापालन नगर्ने गरेको भन्दै प्रशासन शाखाले निर्देशन जारी गरेको हो ।
शाखा अधिकृत पवन महतद्वारा हस्ताक्षर गरिएको सूचनामा कार्यालयको कामकारबाहीको सम्बन्धमा सम्बन्धित शाखा वा पदाधिकारीसमक्ष गुनासो नराखी सामाजिक सञ्जाल लगायतका अनौपचारिक फोरमहरुमा अनावश्यक टीकाटिप्पणी र अमर्यादितरुपले प्रस्तुत भएको उल्लेख छ ।
‘कर्मचारीले पदीय अनुकूलको आचरण पालना नगरेको देखिएमा कानुनद्वारा दण्डनीय हुने हुँदा सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई अनुशासन तथा आचरण विपरीतका कार्यहरू नगर्नु नगराउनुहुन र सूचनाको अवज्ञा गरी अनुशासन तथा आचरण विपरीतका कार्यहरू गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने बेहोरा सम्पूर्ण कर्मचारीलाई जानकारी गराइन्छ‚’ सूचनामा लेखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण