शिक्षण अस्पताल नजिकै फेला परेको प्रेसर कुकर बम डिस्पोज
बुटवल । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पतालमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । अस्पतालको दक्षिण–पश्चिम पार्किङ क्षेत्रमा फेला परेको बम सेनाले डिस्पोज गराएको थियो ।
पार्किङ क्षेत्रमा रहेका रुख कटान गर्ने क्रममा शुक्रबार बम फेला परेको थियो । प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेकोे पस्चात प्रहरी–प्रशासनलाई जानकारी गराइएको थियो ।
अस्पताल प्रशासनले घटनाबारे जानकारी गराएपछि घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बम पुरानो र खिया लागेको अवस्थामा रहेको र नेपाली सेनाले बमलाई डिस्पोज गरेको जानकारी दिए ।
बमलाई भैरहवास्थित कालीभक्ति गण ९ई० बाट आएको टोलीले डिस्पोज गरेको थियो । प्रेस कुकरको ह्रयाण्डलाई डोरीले बाँधेर त्यसमा घडी, ब्याट्री लगायतका उपकरण जडान गरिएको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण