वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरणमा दूतावासको बदमासी
काठमाडौँ । वैदेशिक रोजगारीका लागि ल्याइएका मागपत्र प्रमाणीकरणमा दूतावासले बदमासी गरेको आरोप लागेको छ । संयुक्त अरब ईमिरेट्स (युएई) स्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा बदमासी गरेको आरोप लागेको हो ।
सिनामंगलमा रहेको आकृति रिक्युटिङ प्रालीले डिमान्ड एप्रुभ गर्ने क्रममा आफूमाथि अन्याय गरेको आरोप लगाएको हो । संस्थाका सञ्चालक कुन्छा दोर्जे डिम्दोङले आफू अन्यायमा परेको भन्दै दूतावास र वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् ।
दुबईको रसल खोरस्थित डीसीसी कम्पनीले आकृति लगायत केही म्यानपावर कम्पनीमार्फत कामदार माग गरेको थियो । १५० जना कामदार माग आएकोमा आफ्नो कम्पनीभन्दा पछि आएकाहरूले डिमान्ड एप्रुभ भएको अध्यक्ष डिमदोङले बताए । आफ्नो मागपत्रहरू भने दूतावासले रिजेक्ट गर्दै आएको उनको आरोप छ ।
आकृतिको तर्फबाट पेस भएको मागपत्र प्रमाणीकरण रिजेक्ट गरेर त्यसपछि पेस भएका कम्पनीको मागपत्र भने दूतावासले प्रमाणीकरण गरेको उनको आरोप छ । यसमा राजदूतावासको गलत नियत देखिएको डिमदोङले बताए ।
राजदूतावासबाट विभेद गरिएको भन्दै यस विषयमा आवश्यक छानबिन थालेको जनाएको छ । कम्पनीको तर्फबाट निवेदन आएपछि विभागले सत्यतथ्य बुझ्ने काम भइरहेको जनाएको छ ।
मागपत्र प्रमाणीकरणका सन्दर्भमा थुप्रै व्यवसायीहरू यस्तो खाले समस्यामा पर्ने गरेका छन् । सम्पूर्ण प्रक्रिया पुरा गरेर वा आवश्यक कागजात पेस गरे पनि दूतावासबाट मागपत्र प्रमाणीकरण नहुने समस्या व्यवसायीहरूले खेप्दै आएका हुन् ।
वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव समेत रहेका डिम्दोङले अन्य व्यवसायीले यस्तो खाले समस्या भोग्न नपरोस् भनेर उजुरी दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण