ला लिगा : गिरोनाको पुनरागमन
शनिबार, ०६ पुस २०८१, ०४ : २४
काठमाडौं । स्पेनिश ला लिगा फुुटबलमा गिरोनाले फेरि पुनरागमन गरेको छ । शुक्रबार राती घरेलु मैदानमा भएको खेलमा रियाल भालाडोलिडविरुद्ध ३-० को सहज जित निकाल्दै गिरोनाले पुनरागमन गरेको हो ।
जितका लागि लोपेज, रुइज र डन्जुमाले एक-एक गोल गरे । यो जितले गिरोना युरोपा कन्फरेन्स लिग क्वालिफिकेशन नजिक पुगेको छ भने रियाल भालाडोलिड रेलिगेशन जोनमा भासिएको छ ।
१९ खेल खेलेको गिरोनाले ७ लेख जित्दा ४ बराबरी गरेको छ भने ७ खेल गुमाएको छ । अंक तालिकाको आठौं स्थानमा रहेको उसको २५ अंक भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण