एकीकृत समाजवादीका सबै नेताको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ? (पूर्णपाठसहित)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । मंसिर २६ देखि पुस २ मा सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेको हो ।
माधवकुमार नेपालले हस्ताक्षर गरेर नेताहरूलाई पठाएको कार्यविभाजनमा प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्ज बनाएको उल्लेख छ ।
‘प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योग व्यवसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ’ अध्यक्ष नेपालले कार्यविभाजनसँगै निर्देशन दिएका छन् ।
त्यस्तै प्रदेश इञ्चार्जको संयोजनमा प्रदेशअन्तर्गत जिम्मेवारीमा रहेका पोलिटब्युरो सदस्यहरूको परामर्शबाट केही फाँटहरूको इञ्चार्जको जिम्मेवारी विभाजन गर्न पनि नेपालले भनेका छन् । प्रदेशका कतिपय फाँटहरूमा केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी तोकेको सो पार्टीले जिम्मेवारी तोकिएका जनसङ्गठनका अध्यक्षहरूलाई सम्बन्धित जनसङ्गठनको जिम्मेवारी यथाशीघ्र छोड्नु भनेको छ ।
केन्द्रीय कमिटी सदस्यहरूलाई तोकिएको निर्वाचन क्षेत्रको जिम्मेवारी हेरफेर गर्नु पर्ने भएमा इञ्चार्जले सम्बन्धित नेतासँग छलफल गरी निर्णय गर्न सक्ने अधिकार दिएको छ । तर त्यसको जानकारी तुरुन्तै केन्द्रीय कार्यालयमा गराउनु पर्नेछ ।
एउटा मात्र सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लामा एकभन्दा बढी सहइञ्चार्ज भएमा जिल्ला इञ्चार्जको संयोजनमा प्रदेश निर्वाचन क्षेत्रमा जिम्मेवारी तोकेर काम गर्न सक्ने तथा कामको आवश्यकताले गर्दा केही स्थानहरूमा केन्द्रीय आयोगका सदस्यहरूलाई पनि जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण