गंगालाल तुलाधार बने एकीकृत समाजवादीको बागमती इन्चार्ज, सहइन्चार्ज को–को ?
शनिबार, ०६ पुस २०८१, ०९ : ३०
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पूर्वमन्त्री तथा पार्टी उपाध्यक्ष डा गंगालाल तुलाधरलाई बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी दिएको छ ।
हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले उनलाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । बागमतीमा १२ जना सहइन्चार्ज बनेका छन् । जसअनुसार जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, गंगाप्रसाद नेपाल, गुरुप्रसाद बुर्लाकोटी, वसन्त मानन्धर, राजेन्द्र लोहनी, शिव भण्डारी, टोकबहादुर वाइबा, भगवती नेपाल, लक्ष्मण लम्साल, विदुर सापकोटा, सुदेश पराजुली सहइन्चार्ज बनेका छन् ।
यसैगरी इन्द्रमाया गुरुङलाई सोही प्रदेशको महिला फाँट इन्चार्जको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण