गंगालाल तुलाधार बने एकीकृत समाजवादीको बागमती इन्चार्ज, सहइन्चार्ज को–को ?
शनिबार, ०६ पुस २०८१, ०९ : ३०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पूर्वमन्त्री तथा पार्टी उपाध्यक्ष डा गंगालाल तुलाधरलाई बागमती प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी दिएको छ ।
हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले उनलाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । बागमतीमा १२ जना सहइन्चार्ज बनेका छन् । जसअनुसार जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, गंगाप्रसाद नेपाल, गुरुप्रसाद बुर्लाकोटी, वसन्त मानन्धर, राजेन्द्र लोहनी, शिव भण्डारी, टोकबहादुर वाइबा, भगवती नेपाल, लक्ष्मण लम्साल, विदुर सापकोटा, सुदेश पराजुली सहइन्चार्ज बनेका छन् ।
यसैगरी इन्द्रमाया गुरुङलाई सोही प्रदेशको महिला फाँट इन्चार्जको जिम्मेवारी दिइएको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा
-
१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस
-
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार
-
सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त