एनपीएलको फाइनल खेल हेर्न कीर्तिपुर क्षेत्रमा थेगिनसक्नु भिड (तस्बिरहरु)
_bMbfpjQm5n.jpg)
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । खेल दिउँसो १२ः३० बजे सुरु हुने भए पनि कीर्तिपुर क्षेत्रमा बिहानैदेखि समर्थकहरूको भीड लागेको छ ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच हुने फाइनल खेल हेर्न समर्थकहरू बिहानदेखि मैदान परिसरमा भेला भएका छन् । फाइनल खेलको लागि निर्धारण गरिएको टिकट शुक्रबार नै बिक्री भइसकेको थियो ।
टिकेटको जिम्मेवारी पाएको खल्तीले सबै टिकट विक्री भइसकेको जानकारी दिँदै त्रिवि क्रिकेट मैदानमा फिजिकल पनि टिकट विक्री नहुने भएकाले सुरक्षाका लागि घरमै बसेर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न अनुरोध गरेको थियो ।
सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।
दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण
-
भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेको राजनीतिक भेटघाट तीव्र
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
श्रमिक दिवसबारे नै बेखवर छन् श्रमिक
-
वाइसिएल मकवानपुरको जिल्ला सम्मेलन २२ गते हुने
-
राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग एकताबद्ध रुपमा लाग्नुपर्छ : प्रधानमन्त्री